Logo

प्रमुख समाचार

विराटनगरकाे आदर्श मावि मतदान केन्द्रबाट शेखर कोइरालाले गरे मतदान



विराटनगर । कांग्रेस नेता डा शेखर कोइरालाले मतदान गरेका छन् । आइतबार बिहान उनले विराटनगरस्थित आदर्श मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

उनी मोरङ क्षेत्र नम्बर ६ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । यस्तै कोइरालाका प्रतिस्पर्धी एमालेका लालबाबु पण्डितले पनि मतदान गरेका छन् ।

उनले विराटनगर १२ स्थित  महेन्द्र मोरङ क्याम्पस मतदान केन्द्र (छ) बाट मतदान गरेका हुन् ।  कोइराला अघिल्लो निर्वाचनमा लालबाबुसँग पराजित भएका थिए ।

उनकाे प्रतिस्पर्धी एमाले नेता लालबाबु पण्डितले पनि केहिबेर अगाडि मतदान गरेका छन् । उनले विराटनगर १२ स्थित  महेन्द्र मोरङ क्याम्पस मतदान केन्द्र (छ) बाट मतदान गरेका हुन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार ०८:२६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।