झापा । झापाको एक मतदान केन्द्रमा मतदान स्थगित भएको छ । झापा क्षेत्र नम्बर -४ अन्तरगत शिवसताक्षी नगरपालिका- १० स्थित बाल निकुञ्ज माविको (ग) मतदान केन्द्रमा मतदान स्थगित भएको जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए । सो मतदान केन्द्रमा मतदान सुरु भएको थियो ।
प्रतिनिधिसभा सदस्यको मतपत्र मतदाताले समानुपातिक मतपेटिकामा खसालेपछि मतदान अवरुद्ध भएको उनले बताए । अहिले सोही विषयमा सर्वदलीय छलफल भइरहेको छ । मतदान अधिकृतको कमजोरीले त्यसो भएको हुन सक्ने अनुमान गरिएको छ ।
जिल्लामा ७६६ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र रहेको छ । झापामा ६ लाख ६३ हजार ३ सय ११ मतदाता रहेको छ । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि झापामा १३ हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन्।




















प्रतिक्रिया