Logo

राजनीति

दाङको तुलसीपुरमा शंकास्पद वस्तु फेला



दाङ । दाङको तुलसीपुर उपमहानगरपालिक–७ श्रीगैंस्थित सल्यान रोडमा बम जस्तो शंकास्पद वस्तु फेला परेको छ । बालुवाको बोरामा ‘खतरा’ लेखिएको शंकास्पद वस्तु देखिएको प्रहरीले जनाएको छ ।

उक्त वस्तुलाई अहिले नेपाली सेनाको टोलीले डिस्पोज गर्न लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिए । यो ठाउँ तुलसीपुर बजारदेखि करिब २ किलोमिटर उत्तरतर्फ पर्छ । स्थानीयले विहान ७ बजेदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।

आइतबार बिहान पनि घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका-१८ विजौरी र हेमन्तपुरको सिमाना नजिकै बम भेटिएको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १०:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।