डडेलधुरा । प्रधानम एन्त्रीवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि मतदान गरेका छन् । उनले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोला पुगेर मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन ।
उनी डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पनि हुन् । आफूले मतदान गरेका तस्बिर सामाजिक सञ्जालमा राख्दै देउवाले आफूले मतदान गरेको जानकारी गराउँदै सबैलाई मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।




















प्रतिक्रिया