Logo

प्रमुख समाचार

हुलदंगापछि ५ जिल्लामा गोली चल्यो, २७ ठाउँमा संकास्पद वस्तुहरु फेला



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चलिरहँदा हुलदंगा भएपछि विभिन्न ५ जिल्लामा प्रहरीले गोली चलाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईका अनुसार अहिलेसम्म सिरहा, बाजुरा, चितवन, दोलखा र रौतहटमा गोली चलेको छ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले यी जिल्लामा गोली चलाएको उनले बताए । त्यसैगरी विभिन्न २७ ठाउँमा राखिएका होक्स बम (संकास्पद) बस्तुहरु डिस्पोज गरिएको छ ।

अहिलेसम्म १६ मतदान केन्द्रमा मतदान स्थगित भएको थियो । स्थगीत भएकामध्ये केही ठाउँको मदतान पुनः सुरु भएको र केही ठाउँको मतदान सुरु हुने प्रक्रियामा रहेको बताइएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार ११:५३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।