Logo

प्रमुख समाचार

कास्कीमा नेकपा बहुमतका कार्यकर्ताद्वारा मतपेटिका तोडफोड



काठमाडौं । कास्कीमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका तोडफोड गरेका छन् । जिल्लाको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका हुन् ।

माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परियारले आज बिहान मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका हुन् । उनले मतपेटिका फुटाएपछि केहीबेर मतदान रोकिएको थियो ।त्यसपछि पु

नः मतदान सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मतपेटिका फुटाएका परियारलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १२:०३   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।