काठमाडौं । निर्वाचन आयोगले केन्द्रको पूर्वसहमति नलिईकन कुनै पनि स्थानको मतदान स्थगित नगर्न मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ । छिटफुट अवरोधको अस्थामा समेत मतदान अधिकृतहरुले केही स्थानमा मतदान स्थगित गरेपछि आयोगले केन्द्रमा जानकारी नदिई स्थगन नगर्न भनेको हो ।
निर्वाचन अयोगले आइतबार ५ बजेसम्म मतदानको समय तोकिएको छ । त्यो अवधिभित्र स्थगन नगर्न भनिएको निर्वाचन प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । कुनै पनि स्थानमा स्थगन गर्नैपर्ने स्थिति आए आयोगको पूर्वसहमति लिनुपर्ने उनले बताए ।
अहिलेकोसम्म करिब एक दर्जन भन्दा बढी स्थानमा मतदान स्थगित भएको छ । हुलदंगा तथा झडपपछि राेकिएकाे मतदान कतिपय ठाउँमा पुनः सुचारु भइसकेको छ भने केही स्थामा फेरि सुरु हुन सकेको छैन ।




















प्रतिक्रिया