Logo

राजनीति

आमनिर्वाचन : १२:४५ बजेसम्म ३२ प्रतिशत मत खस्यो



काठमाडौं । निर्वाचन आयोगले दिउँसो पौने १ बजे (१२ः ४५ ) सम्म ३२ प्रतिशत मत खसेको जनाएको छ । आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको गरेको जानकारी दिए ।

यो पटकको निर्वाचनमा विहानको समयमा मतदान गर्नेहरुको संख्या कम देखिएको उनले बताए । चिसोका कारण बिहान मतदाताको संख्या कम देखिएपछि अहिले मतदाताको भिड बढेको प्रवक्ता पौडेलले बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १३:२६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।