Logo

राजनीति

खोटाङमा ४० र भोजपुरमा २७ प्रतिशत मत खस्यो



खोटाङ । भोजपुरमा करिब २७ र खोटाङमा ४० प्रतिशत मात्र मत खसेको छ । भोजपुरमा एक लाख २९ हजार ३ सय ७९ मतदातामध्ये २६ दशमलव ८७ प्रतिशत र खोटाङमा एक लाख ४२ हजार सात सय ९२ मतदातामध्ये करिब ४० प्रतिशतले दिउँसो साढे एक बजेसम्म मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

भोजपुरमा एक सय ५५ स्थायी र दुई अस्थायी मतदान केन्द्र तथा खोटाङमा एक सय ९४ स्थायी मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्रमा उक्त मत खसेको हो ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १४:५१   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।