काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा करिब ६१ प्रतिशत मत खसेको छ । आइतबार (आज) बिहान ७ बजेदखि साँझसम्म भएको मतदानमा करिब ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
यो निर्वाचनमा आयोगले अपेक्षा गरेभन्दा केही मत खसेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । पत्रकार सम्मेलनमा उनले भने, ‘यो मत हामीले अपेक्षा गरेभन्दा केही थोरै हो ।’
सुर्खेत, नवलपरासी पूर्व, गुल्मी र बाजुरा जिल्लाका १५ स्थानमा भने मतदान स्थगित भएको उनले बताए । सुर्खेत, नवलपरासी पूर्व र गुल्मी जिल्लाका एक एक वटा मतदान स्थलमा स्थगित भएका छन् भने बाँकी बाजुराका मतदान स्थलमा स्थगित भएका हुन् ।
निर्वाचनका क्रममा बाजुरामा एक जनाको मृत्यु भएको पनि प्रमुख आयुक्त थपलियाले बताए ।
- याे पनि …
बाजुरामा सुरक्षाकर्मीले चलाएको गोली लागेर एकको मृत्यु, तीन जना घाइते




















प्रतिक्रिया