Logo

प्रमुख समाचार

झापा–२ मा एमालेको अग्रता कायमै



झापा । झापा–२ को जारी मतगणनामा एमालेले अग्रता कायमै राखेको छ । अर्जुनधारा–११ स्थित महारानीगन्ज मा.वि. मा जारी मतगणनामा १ हजार ६ सय ३४ मतगणना भइसकेको छ ।
 
पछिल्लो विवरण अनुसार एमालेका देवराज घिमिरेले अग्रता कायमै राखेका छन् । उनले ६२० मत प्राप्त गर्दा गठबन्धनबाट माओवादी उमेदवार हरि रानाले ३९७ मत प्राप्त गरेका छन् । 

स्वतन्त्र उमेदवार भद्रप्रसाद(स्वागत) नेपालले ३०१ मत ल्याउँदा घण्टी चिह्नमा रुद्र प्रसाद गिरीले १९८ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १०:१०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।