Logo

प्रमुख समाचार

झापा-२ : एमालेको अग्रता कायमै



झापा । झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरेले आफ्नो अग्रतालाई कायमै राखेका छन् ।

झापा क्षेत्र नम्बर-२ मा एमालेका देवराज घिमिरेले १४३२, माओवादीका हरिकुमार रानाले ८४९ र स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल ८०२ मत प्राप्त गरेका छन् । 

यस क्षेत्रमा कूल मतदाताको ६५.४२ प्रतिशत अर्थात् ८७ हजार ७२३ मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । हालसम्म तीन हजार ८७७ मत गणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १२:२४   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।