Logo

राजनीति

झापा–३ मा सिटाैलालाई पछि पार्दै राजेन्द्र लिङ्देनले लिए अग्रता



काठमाडौं । झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिएका छन् । सोमबार दिउँसोसम्म ५०० मत गन्दा लिङ्देनले २२७ मत पाएक छन् भने कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत पाएका छन् ।

यो क्षेत्रमा सिटौलालाई नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनमा आवद्ध दलको समर्थन छ भने लिङ्देनलाई नेकपा एमालेको समर्थन छ । यो क्षेत्रमा २०७४ सालमा सिटौलालाई हराउँदै लिङ्देन निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १२:५८   :  बजे

363
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।