Logo

राजनीति

काठमाडौं–८ मा स्वतन्त्र पार्टीका श्रेष्ठको अग्रता, गठबन्धन चौथो स्थानमा



काठमाडौं । काठमाडौं क्षेत्र नं. ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् । यहाँ हाम्रो नेपाली पार्टीका सुमन सायमिले श्रेष्ठलाई पछ्याइरहेका छन् ।

एमाले तेस्रो र लोकतान्त्रिक वाम गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार चौथो स्थानमा छन् । पछिल्लो परिणामअनुसार स्वतन्त्र पार्टीका श्रेष्ठले ६११ मत प्राप्त गर्दा हाम्रो नेपाली पार्टीका सायमीले ६०३ मत ल्याएका छन् ।

नेकपा एमालेका शिवसुन्दर राजवैद्यले ३०७ मत र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २२१ मत पाएका छन् । जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत हुन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १४:४४   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।