Logo

प्रमुख समाचार

मोरङ-५ : एमालेका बागी योगेन्द्र मण्डलको अग्रता



विराटनगर । मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रता लिएका छन् ।

१७ सय मत गणना हुदा स्वतन्त्र उम्मेदवार मण्डलले १३ सय मत पाएका छन्  । माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलले ३०० र जसपा उम्मेदवार राजकुमार यादवले १०० मत पाएका छन् ।

क्षेत्र नम्बर ५ को धनपालथान गाउपालिका ४ मा मतगणना जारी छ । मण्डल सोही वडाका बासिन्दा हुन् ।

यो क्षेत्रमा नेकपा एमाले र जनता समाजवादी पार्टीबीच तालमेल भएको छ र एमालेले जसपाका राजकुमार यादवलाई उम्मेदवारी छाडेको थियो । त्यसपछि एमालेका नेता योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १६:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।