काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा नेकपा एमालेको सुरुवाती अग्रतालाई उल्ट्याउँदै नेपाली कांग्रेस अगाडि बढेको छ । यसअघिसम्म अग्रता लिइरहेका एमालेका कृष्णबहादुर राईलाई पछिल्लो मत परिणाम अनुसार कांग्रेसका सन्तोष चालिसेले पछाडि पारेका छन् ।
चालिसेले १ हजार ८३७ मत ल्याउँदा राईले १ हजार ५३६ मत पाएका छन् । यसअघि यहाँ एमालेका राई अगाडि थिए । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापाले ९४५ मत ल्याएका छन् ।




















प्रतिक्रिया