Logo

राजनीति

कैलाली–४ मा लेखराज भट्टलाई पछि पार्दै कांग्रेसका बलायरले लिए अग्रता



धनगढी । कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले अग्रता लिएका छन् । बलायरलाई नेकपा एमालेका लेखराज भट्टले पछ्याइरहेका छन् ।

निर्वाचन अधिकृत इन्द्रबहादुर कठायतका अनुसार एक हजार ३४८ मतको गणना सकिँदा बलायरले ७०३ मतसहित अग्रता लिएका छन् भने भट्टले ६०५ मत पाएका छन् ।

भट्ट नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज हुन् भने बलायर कांग्रेसका सुदूरपश्चिम प्रदेशका सभापति हुन् । बलायरलाई माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन गरेका छन् । भट्ट भने एक्लै चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १९:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।