Logo

राजनीति

सप्तरी–२ मा उपेन्द्र यादवभन्दा सिके राउत दोब्बर बढी मतले अगाडि



काठमाडौं । सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले अग्रता दोब्बर बनाएका छन् । राउतले ५ हजार ४३ मत ल्याउँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले २ हजार ३१६ मत पाएका छन् ।

राउत र यादवबीचको मतान्तर २७२७ छ । त्यस्तै, लोकन्त्रिताक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १०१८ मत पाएका छन् । यहाँ एमालेले जसपा अध्यक्ष यादवलाई सघाएको हो भने कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनबाट ठाकुर उम्मेदवार हुन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार २०:४६   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।