Logo

राजनीति

काठमाडौं-४ मा भारी मतान्तरले गगन थापा विजयी



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा कांग्रेस महामन्त्री गगन थापा करिब साढे ७ हजारको मतान्तरले विजयी भएका छन् । नेकपा एमालेका राजन भट्टराईमाथि मतगणनाको सुरुवाती चरणदेखि नै हाबी हुँदै थापाले सहज जित निकालेका हुन् ।

प्राप्त विवरण अनुसार थापाले २१ हजार २९४ मत ल्याउँदै जित निश्चित गर्दा भट्टराईको १३ हजार ८५३ मत आएको छ । निर्वाचन आयोगले औपचारिक रुपमा मतगणनाको अन्तिम विवरण सार्वजनिक गरिसकेको छैन ।

जित निश्चित भएसँगै गगन मतगणनास्थलमा आएका छन् । अघिल्लो चुनावमा पनि यस क्षेत्रबाट भट्टराईलाई नै हराउँदै गगन विजयी भएका थिए ।

यस जितसँगै थापाले ह्याट्रिक पूरा गरेका छन् । थापा २०७० मा काठमाडौं ४ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए भने प्रतिनिधिसभा सदस्यमा २०७४ मा काठमाडौं-४ बाटै निर्वाचित भएका थिए । उनी यसअघि २०७३ सालमा स्वास्थ्यमन्त्रीसमेत भएका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार ११:१३   :  बजे

321
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।