Logo

राजनीति

बारा–२ मा स्वतन्त्र उम्मेदवारको अग्रता



बारा । बारा निर्वाचन क्षेत्र नं २ मा दुई गठबन्धनका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार रामकिशोर यादव अगाडि देखिएका छन् । 

खरायो चुनाव चिन्ह्र लिएर बारा २ मा उम्मेदवार बनेका यादवले २ हजार २५३ मत प्राप्त गरेका छन् । उनीसँगै प्रतिस्पर्धामा रहेका सत्ता गठबन्धनका उम्मेदवार शिवचन्द्र कुशहवाले १ हजार ८१७ र एमाले जसपा गठबन्धनबाट  रामसहाय यादवले १ हजार ७८ मत प्राप्त गरेका छन् । बाराको ४ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं २ मा सुरुदेखि नै स्वतन्त्त उम्मेदवार  यादव अगाडि छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १२:२४   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।