Logo

राजनीति

आजैदेखि संसदीय दलको चुनावको तयारीमा लाग्छु : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले अब संसदीय लको दनिर्वाचनको तयारीमा लाग्ने बताएका छन् । निर्वाचन मतपरिणाम घोषणा भएगलत्तै सम्बोधन गर्दै थापाले भने,’संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु ।’

उनले अहिले जनताले स्थायित्वमात्रै नभई नेपाललाई हाँक्ने नयाँ चालक पनि खोजेको बताए । त्यो चालक कांग्रेसभित्रै रहेका भन्दै यसबारे बहस पार्टीभित्र पनि भइसकेको बताए । ‘कांग्रेसले नयाँ नेतृत्व दिन जरुरी छ । देशभरबाटै यो विचार व्यक्त भएको छ,’ उनले थपे ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १२:२५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।