Logo

प्रमुख समाचार

इलाममा सुवास नेम्वाङले बनाए फेरि अग्रता



इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर–२ को मतगणनामा नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले अग्रता बनाएका छन् ।

पछिललो मत गणनाअनुसार नेम्वाङले २ हजार ८१५ मत ल्याउदै अग्रता बनाएका हुन् । नेम्वाङका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका डम्बर खड्काले २ हजार ७१७ मत ल्याएर नेम्वाङलाई पछ्याइरहेका छन् । 

इलामको माङसेवुङ गाउँपालिकाको मत गन्दा खड्कालाई उछिन्दै नेम्वाङ अघि लागेका हुन् । अब चुलाचुली गाउँपालिकाको मत गणना सुरु हुने बताइएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १२:३५   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।