Logo

राजनीति

प्रदेश १ का दुई पूर्व मुख्यमन्त्री कै नतिजा कमजोर, बहालवाला मुख्यमन्त्री भने अघिअघि



काठमाडाैं । यसपटकको चुनावको प्रारम्भिक परिणामले धेरैलाई अचम्म पारिरहेको छ । प्रदेश १ का दुई पूर्व मुख्यमन्त्री सुरुवाती चरणमै पछि परेका छन् । जारी मतगणनाको परिणामअनुसार भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेका प्रदेश १ का पहिलो मुख्यमन्त्री शेरधन राईलाई गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार सुदन किराँतीले पछि पारेका छन् ।

राईले अहिलेसम्म किराँतीलाई पछ्याइरहेका छन् तर अगाडि बढ्न भने सकेका छैनन् । ४ हजार ७७५ मत गणना हुँदा एमाले स्थायी कमिटी सदस्य राईले १ हजार ७४५ मत प्राप्त गरेका छन् । किराँती २ हजार ३१६ मतका साथ अघि अघि छन् ।

त्यस्तै प्रदेश १ का दोस्रो मुख्यमन्त्री भीम आचार्य पनि पछि परेका छन् । एमालेका स्थायी कमिटी सदस्य समेत रहेका आचार्यसँग नेपाली कांग्रेसका सिताराम मेहताबीच सुनसरी–२ मा मुख्य प्रतिष्पर्धा हुने अनुमानका बीच राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालविक्रम थापा सबैभन्दा अघि छन् ।

थापाले ८९४ मत पाइसकेका छन् । कांग्रेसका मेहता ७०५ मतका साथ दोस्रो र पूर्वमुख्यमन्त्री आचार्य ६३६ मत पाएर तेस्रो स्थानमा रहेका छन् । प्रदेश १ का बहालवाला मुख्यमन्त्री राजेन्द्रकुमार राई भने भोजपुरबाट प्रदेशसभा क्षेत्र नं. (१) मा करिब दोब्बर मतले अघि छन् । नेकपा एमालेका हरिबहादुर राईले १ हजार ७७८ मत पाएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १३:५९   :  बजे

333
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।