Logo

प्रमुख समाचार

समानुपातिकतर्फको मतपरिणम : एमाले अघिअघि, माओवादीलाई घण्टीकाे चुनौती



काठमाडौं । समानुपातिक तर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ । साढे दुई लाख गणना हुँदा एमाले ८४ हजार ८ सय मत सहित अगाडि छ । एमालेलाई कांग्रेसले पछ्याइरहेको छ । उले ७१ हजार पाँच सय मत पाएको छ ।

तेस्रो स्थानमा यसै पटक निर्वाचनमा भाग लिएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी छ । घण्टी चिह्नतर्फ समानुपातिकमा ३६ हजार मत परेको छ । रास्वपाभन्दा पछि परेको माओवादी केन्द्रले ३२ हजार ल्याएको छ ।

समानुपातिकतर्फ राप्रपाले पनि उत्साहजनक मत पाइरहेको छ । अहिलेसम्म राप्रपाले २० हजार मत ल्याएको छ । ३ हजार ७७६ मत ल्याएको एकीकृत समाजवादी भन्दा जनमत पार्टी, नेमकिपा र नागरिक उन्मुक्ति पार्टी अघि छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १४:१८   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।