ताप्लेजुङ । ताप्लेजुङमा मंगलबार अपरान्हबाट मतगणना सुरु भएको छ । मतगणनाको प्रारम्भिक नतिजा अनुसार एमालेका योगेश भट्टराईले अग्रता लिएका छन् ।
गणना भएको १०९ मत गणना गर्दा भट्टराईले ६८ मत प्राप्त गरेका छन् भने सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री (पराग) ले ३३ मत प्राप्त गरेका हुन् ।
राप्रपाका राम कार्कीले २ र लोकतान्त्रिक समाजवादीका चैतन्य प्रकाश केदेमले १ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अहिलेसम्म ४ मत बदर भएको छ ।
जिल्लामा ८८ हजार २८५ मतदातामध्ये ४८ हजार ३५५ मत खसेको छ ।




















प्रतिक्रिया