गुल्मी । गुल्मीको अर्बेनीमा स्थगित भएको मतदान मंगलबार सम्पन्न भएको छ । गुल्मीको निर्वाचन क्षेत्र नम्बर–१ को कालीगण्डकी गाउँपालिका २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा स्थगित भएको मतदान मंगलबार पुनः गरिएको हो ।
मतदान सकिएपछि मतपेटिकाहरू सदरमुकाम तम्घास ल्याइएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए । सर्वदलीय बैठकपछि मंगलबार राति १० बजेदेखि नै मतगणना शुरु गरिने पौडेलले बताए । यस क्षेत्रमा ६९६८३ जनाले मतदान गरेका छन् ।




















प्रतिक्रिया