Logo

राजनीति

नागरिकता विवाद प्रकरणमा रवि लामिछानेले बुझाए स्पष्टीकरण



काठमाडौं । नागरिकता विवाद प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन क्षेत्र नम्मबर २ का उम्मेदवार रवि लामिछानेले स्पष्टीकरण बुझाएका छन् ।

विदेशी नागरिकता लिएका कारण खारेज भएको नेपाली नागरिकताकै आधारमा उम्मेदवारी दर्ता गराएको तथा पुनः नागरिकता प्राप्तिको प्रक्रियामा नगएको भन्दै उनको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको थियो ।

उजुरीका सन्दर्भमा लामिछानेले आज (मंगलबार) निर्वाचन आयोगमा स्पष्टीकरण बुझाएका हुन् । शिलवन्दी गरेर लामिछानेले बुझाएका स्पष्टीकरण सिधै केन्द्रमा पठाइने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

लामिछानेविरुद्ध उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले ७ दिन भित्र स्पष्टीकरण पेश गर्न भनेको थियो । रविले मंगलबार सातौं दिनमा स्पष्टीकरण बुझाएका हुन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १९:०४   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।