रुकुम पूर्व । रुकुम पूर्व–१ बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवार सुरुल पुन निर्वाचित भएका छन् । मंगलबार राति सम्पन्न मतगणना अनुसार ५ सय ३३ मतान्तरले माओवादी केन्द्रका तेजबहादुर ओलीलाई पछि पार्दै प्रदेसभा सदस्यमा पुनले बाजी मारेका हुन् ।
पुनले ४ हजार ४ सय ६५ मत गर्दा उनका निकटतम प्रतिस्पर्धी ओलीले ३ हजार ९ सय ३२ मत ल्याए । यसअघि पनि प्रदेशसभा सदस्यमा निर्वाचित भएका ओली माओवादी केन्द्रका जिल्ला इन्चार्जसमेत हुन् । उनी सत्ता गठबन्धनको समर्थनमा पुनः उम्मेदवार बनेका थिए ।
त्यस्तै माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिति सदस्य रहेका सुरुल पुनले भने आफ्नै पार्टीका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका दिए । यसैकारण उनलाई माओवादी केन्द्रले यसअघि नै कारबाही गरिसकेको थियो ।




















प्रतिक्रिया