काठमाडौं । सिन्धुली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका अग्रता कायमै छ । ३५ हजार २५४ मत गणाना हुँदा गठबनधनका साझा उम्मेदवार रहेका कांग्रेस नेता श्याम घिमिरे १७ हजार ४४७ मतसहित अग्रस्थानमा छन् ।
नेकपा एमालेका प्रदीप कटवालले १४ हजार ६४१ मतका साथ पछ्याइरहेका छन् । एमालेका कटवालभन्दा कांग्रेका घिमिरे २ हजार ८०६ मतले अगाडि छन् ।
सिन्धुलीको क्षेत्र नम्बर–२ मा गठबन्धनबाटै नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल निर्वाचित भइसकेका छन् । सो क्षेत्रमा दाहालले २७ हजार ५ सय १७ मत ल्याएर निर्वाचित हुँदा एमालेका मनोज थापा २१ हजार ३ सय ५५ मत प्राप्त गरे ।




















प्रतिक्रिया