Logo

प्रमुख समाचार

कांग्रेस १४ सिटमा विजयी, अरुकाे के छ स्थिति ?



धमाधम चुनावी परिणाम आइरहेकाे छ ।  बुधबार ३ बजेसम्म प्रतिनिधिसभाका १६५ मध्ये २८ सिटको अन्तिम नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म कांग्रेस सबैभन्दा धेरै १४ सिटमा विजयी भएको छ । उसको अझै ४२ स्थानमा अग्रता छ । 

यस्तै, दोस्रोमा एमाले रहेको छ । उसले ५ स्थानमा जित हात पार्दा ३९ स्थानमा अग्रता छ । तेस्रो नम्बरमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ३ स्थानमा जित हात पार्दा ५ स्थानमा अग्रता लिइरहेको छ । उता माओवादी केन्द्र २ स्थानमा विजयी हुँदा १४ स्थानमा अगाडि छ । 

उता नेकपा एकीकृत समाजवादी १ स्थानमा विजयी हुँदा ७ स्थानमा अगाडि छ । राप्रपा १ स्थानमा विजयी हुँदा ४ स्थानमा अगाडि छ भने १ सिटमा जित निकालेको नागरिक उन्मुक्ति पार्टी एक स्थानमा अगाडि छ । 

यस्तै, एक जना स्वतन्त्रले पनि चुनाव जितेका छन् । रेशम चौधरीका बाबु लालवीर चौधरीले स्वतन्त्र चुनाव जितेका हुन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १६:०२   :  बजे

321
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।