सुनसरी । सुनसरी २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालविक्रम थापाले अग्रता कायमै राख्दा एमालेका भीम आचार्य उनलाई पछ्याइरहेका छन् । सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार सीताराम महतो तेस्रोमा छन् ।
पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका थापाले ६१९१ मत पाएका छन् । एमालेका आचार्यले ४५६७ मत ल्याएर उनलाई पछ्याइरहेका छन् । उनीहरूबीचको मतान्तर १६२४ को छ ।
मत गणना जारी रहेको यो क्षेत्रमा कांग्रेसका महतोले अहिलेसम्म २८९६ मत पाएका छन् ।




















प्रतिक्रिया