Logo

प्रमुख समाचार

निर्वाचित भएपछि सिके राउतले भने– हरेक परिवारमा कम्तिमा एक जनालाई रोजगारी



सप्तरी । जनमत पार्टीका अध्यक्ष एवं सप्तरी २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सिके राउतले आफ्नो कार्यकालमा जिल्लाका हरेक परिवारमा कम्तीमा एकजनालाई रोजगार दिने बताएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रमाणपत्र ग्रहण पश्चात बोल्दै राउतले रोजगारी सृजना गरेर हरेक परिवारमा कम्तिमा एकजनालाई रोजगारी दिने गरी काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।

सप्तरीको साक्षरता दर ५४ प्रतिशत मात्र रहेको बताउँदै अध्यक्ष राउतले यो कार्यकालमा सप्तरी जिल्लालाई पूर्ण साक्षर जिल्लाको रुपमा विकसित गर्ने बताए । जिल्लामा ६६ हजार बालबालिका कुपोषित रहेको बताउँदै उनले कुपोषण हटाउनुका साथै स्वास्थ्य सेवा सर्वसुलभ ढंगबाट जनताले पाउने गरी व्यवस्थापन गराउन लाग्ने बताए ।

राउतले किसानको मलखाद्य र कृषि मिटर, कृषि ऋण लगायतका पहुँचका लागि आवश्यक कार्य गर्ने पनि बताएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १७:४९   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।