Logo

प्रमुख समाचार

दोलखामा मत गणना गर्न माग गर्दै तरूण दल र वाइसिएलको मसाल जुलुस



दोलखा । दोलखामा मत गणना गर्न माग गर्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् ।

कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दल र माओवादीको भ्रातृ संस्था वाइसिएलले दोलखामा आज अपरान्ह मसाल जुलुस र नारावाजी गरेका हुन् ।

मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव भए पनि दोलखामा मतगणना भएको छैन । मतपेटिका चरिकोट ल्याएर राखिएको छ ।

नेकपा एमालेले दोलखाका ५ ठाउँमा बुथ कब्जा भएकोले पुन:निर्वाचन गराउन माग गरेको थियो । मतगणना नहुँदा दिनदिनै दोलखामा नाराबाजी हुँदै आएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १८:०३   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।