सोलुखुम्बु । सोलुखुम्बुमा प्रतिनिधिसभातर्फ नेकपा एमालेका मानवीर राईले अग्रता कायमै राखेका छन् । एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लामा १८ हजार ३०१ मत गणना हुँदा राईले ८ हजार ६२४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेका बलबहादुर केसीले ७ हजार ७३९ मतका साथ पछ्याइरहेका छन् ।
पाँच दलीय सत्ता गठबन्धनको साथ पाएका केर्सी एमालेका राईभन्दा ९१५ मतले पछि छन् । यद्यपि केसीले मतान्तर क्रमशः घटाउँदै ल्याएका छन् । राईले मतगणनाको सुरुवात देखि नै अग्रता लिएका हुन् । ८१ हजार ५०२ मतदाता रहेका सोलुखुम्बुमा मंसिर ४ को निर्वाचनमा ४० हजार ३३३ मत खसेको छ ।




















प्रतिक्रिया