Logo

प्रमुख समाचार

झापा–२ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका घिमिरे निर्वाचित



झापा । झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल)लाई २ हजार २ सय ५६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

घिमिरेले २८ हजार ६ सय ९७ मत पाएका छन् भने नेपालले २६ हजार ४ सय ४१ मत पाए । सत्ता गठबन्धनअन्तर्गत माओवादी केन्द्रका हरि रानाले १३ हजार ९ सय २४ मत मात्र प्राप्त गरे ।

एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश १ इन्चार्ज ६६ वर्षीय घिमिरे पूर्व राष्ट्रियसभा सदस्य समेत हुन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार २०:५६   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।