Logo

राजनीति

दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा दिलेन्द्रप्रसाद बडूले मारे बाजी



दार्चुला । दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडू विजयी भएका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका बडूले नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्नालाई २ हजार १३४ मतले पराजित गर्दै विजयी भएका हुन् ।

बडूले २८ हजार ५१५ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी ठगुन्नाले २६ हजार ३८१ मत पाएका मुख्य निर्वाचन अधिकृत खेम राज भट्टले जानकारी दिए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार २१:०८   :  बजे

180
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।