Logo

राजनीति

गोरखा १ मा कांग्रेसका बजगाईं विजयी



गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण बस्नेतलाई फराकिलो मतान्तर १६ हजार ६४३ मतले पराजित गर्दै बजगाईं विजयी भएका हुन् ।

बजगाईंले ३३ हजार ४२८ मत ल्याउँदा बस्नेतले १६ हजार ७८५ मत मात्र प्राप्त गरेका छन् । सो क्षेत्रमा कुल ६० हजार २८२ मत खसेको थियो ।

२०७४ सालको निर्वाचनमा बस्नेतसँग प्रदेशसभा सदस्यमा हारेका बजगाईंले यसपटक गठबन्धनको आडमा तिनै बस्नेतलाई भारी मतान्तरले हराएका हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार ०७:४८   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।