काभ्रे । काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले मत बढाउँदै लगेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार बाँस्कोटाले २१ हजार ८१९ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले २० हजार ८४८ मत ल्याएका छन् । बाँस्कोटा ९७१ मतले अघि छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ६ हजार २ सय ६२ मतसहित तेस्रो स्थानमा छन् । काभ्रे-२ मा सुरूआतदेखि नै कांग्रेसका हुमागाईं र एमालेका बाँस्कोटाबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
अघिल्लो निर्वाचनमा भने यो क्षेत्रबाट बाँस्कोटा निर्वाचित भएका थिए ।




















प्रतिक्रिया