Logo

राजनीति

कैलाली–१ बाट नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले जित्ने सुनिश्चित



कैलाली । कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको जित सुनिश्चित भएको छ । यो समाचार तयार पार्दासम्म रेशम चौधरीकी पत्नी रञ्जिताले २६ हजार १५५ मत पाइसकेका छन् । अब ८ हजार ६११ मत गन्न बाँकी रहँदा रञ्जिताले १० हजार ४३७ मतले अग्रता कायम गर्दै जित सुनिश्चत गरेकी हुन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ र एमालेका तपेन्द्र बहादुर रावलले ५ हजार २३९ मत ल्याएका छन् । एकवर्ष अघि गठन भएको नागरिक उन्मुक्ति पार्टीले कैलाली–३ मा जितिसकेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १०:५७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।