Logo

प्रमुख समाचार

मधेश प्रदेशसभामा रामसरोज यादव दोस्रो पटक निर्वाचित



धनुषा । धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ (१) बाट नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादव दोस्रोपटक निर्वाचित भएका छन् । सत्ता गठबन्धनको साथ पाउनुभएका यादव १७ हजार २९ मत ल्याएर दोस्रोपटक निर्वाचित हुुनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

उनका निकटतम प्रतिद्वन्द्वी जसपा एमाले गठबन्धनका उम्मेदवार जसपाका जितेन्द्रकुमार यादवले १३ हजार चार सय ५९ मत पाएका छन् । त्यस्तै, जनमत पार्टीका उम्मेदवार डा प्रसन्नकुमार झाले सात हजार एक सय ८६ मत पाएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार ११:३६   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।