Logo

राजनीति

चितवन–२ मा ३४ हजारभन्दा बढी मतान्तरले रवि लामिछाने विजयी



चितवन । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ बढी मत ल्याएर विजयी भएका हुन् ।

लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा सत्ता गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले १५ हजार ९९ मत ल्याए । तेस्रो स्थानमा रहेका नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत ल्याए । २०७४ सालको निर्वाचनमा चितवन–२ बाट एमालेका पोखरेल निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार ११:४७   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।