Logo

प्रमुख समाचार

मकवानपुर-१ मा राप्रपाका दीपक सिंहले पहिलो पटक लिए अग्रता



मकवानपुर । मकवानपुर क्षेत्र नम्बर १ मा पहिलो पटक राप्रपाका उम्मेदवारले अग्रता लिएका छन् ।

सार्वजनिक भएको पछिल्लो मत गणना अनुसार मकवानपुर क्षेत्र नम्बर–१ मा राप्रपाका दीपकबहादुर सिंहले १८ मतको अग्रता लिएका हुन् ।

हालससम्म गणना भएको ७९ हजार ७ सय ५५ मतगणनामा राप्रपाका दीपकबहादुर सिंहले २३ हजार ३ सय ५८ मत ल्याएर अग्रता बनाएका हुन् ।

यस्तै सत्ता गठबन्धनकी महालक्ष्मी उपाध्याय डिनाले २३ हजार ३ सय ४० मत ल्याएर पछि परेकी छन् ।

यस्तै सूर्य चुनाव चिन्ह लिएर उम्मेदवार भएका कमल थापाले २२ हजार ६ सय ५८ मत ल्याएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १२:०४   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।