Logo

प्रमुख समाचार

सिरहा-४ (१) मा पूर्वमन्त्रीलाई पराजित गर्दै त्रिभुवन साह विजयी



सिरहा । सिरहा निर्वाचन क्षेत्र नं ४ प्रदेशसभा १ बाट प्रदेशसभा सदस्यका लागि जनमत पार्टीका त्रिभुवन साह निर्वाचित भएका छन् । उनले पूर्वमन्त्रीसमेत रहनुभएका नेकपा (माओवादी केन्द्र)का महेन्द्र पासवानलाई पराजित गरेका हुन् ।

निर्वाचन क्षेत्र नं ४ का निर्वाचन अधिकृत दीपेन्द्रनाथ योगीका अनुसार साहले आठ हजार दुई सय २९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी पासवानले सात हजार ८३ मत प्राप्त गरे ।

यस्तै नेकपा (एमाले)का प्रकाश महासेठले छ हजार आठ सय ७८ मत प्राप्त गरी तेस्रो स्थानमा रहे ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १२:२२   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।