Logo

प्रमुख समाचार

प्रतिनिधिसभा सदस्यमा चिर्वाचित भएपछि तोसिमाले भनिन् : जिम्मेवारीको यात्रा सुरु भयाे



काठमाडौं । ललितपुर–३ बाट प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित राष्ट्रिय स्वन्त्र पार्टीकी डा. तोसिमा कार्कीले अब जिम्मेवारीको यात्रा सुरु भएको बताएकी छन् ।

आममतदातासमक्ष आफूलाई बारम्बार खबरदारी गर्न आग्रह गर्दै उनले भनिन्, ‘यो जीत होइन, जिम्मेवारी हो, जिम्मेवारीको यात्राको सुरुवात भएको छ ।’ मैले गरेका वाचा र तपाईंका आशा पूरा गरेपछि मात्र हाम्रो जीत हुनेछ । मलाई निरन्तर खबरदारी गरिदिनुहोला ।’

तोसिमाले आफू जनताका मुद्दामा म सधैं साथमा उभिने प्रतिबद्धता पनि जनाइन् । उनले जनताले गरेका आशालाई निराशामा परिणत हुन नदिने बताउँदै भनिन्, ‘यो विश्वासलाई विश्वासघात हुन दिने छैन ।’ जनताको आशा, विश्वास र भरोसालाई ५ वर्ष सदनमा पेश गर्ने उनको प्रतिबद्धता छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १३:०५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।