महोत्तरी । महोत्तरी-१ मा नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतोले अग्रता कायमै राखेका छन् ।
हालसम्मको गणनामा उनले १० हजार ८ सय ७१ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेकपा माओवादीका गिरिराजमणि पोखरेलले ९ हजार ३ सय ७ मत ल्याएका छन् । उनीहरूबीच १५६४ मत अन्तर छ ।
स्वतन्त्र उम्मेदवार राजकिशोर साहले २४२९ मत ल्याएका छन् । निवर्तमान सांसद पोखरेल र महतोबीच दोस्रो पटक प्रतिस्पर्धा हुँदैछ ।




















प्रतिक्रिया