मोरङ । मोरङ-६ का कांग्रेस उम्मेदवार शेखर कोइराला आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका लालबाबु पण्डितभन्दा १२ हजार बढी मतले विजयी भएका छन् ।
पछिल्लो मत परिणामअनुसार कोइरालाले ३५ हजार २ सय १३ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी लालबाबु पण्डितले २२ हजार ९ सय २९ मत प्राप्त गरेका छन् । उनीहरूबीचको मत अन्तर १२ हजार २ सय ८४ छ ।
२०६४ मा मोरङ-७ बाट संविधानसभा निर्वाचनमा पराजित शेखर कोइराला २०६५ मा भएको उपनिर्वाचनमा विजयी भएका थिए। त्यसपछि २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि उनले जित हात पारेका थिए ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने उनी मोरङ-६ बाट लालबाबु पण्डितसँग पराजित भएका थिए ।




















प्रतिक्रिया