Logo

राजनीति

धनुषा-३ बाट एमालेकी जुलीकुमारी महतो निर्वाचित



जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छन् । उनी सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्ममेदवार अनिलकुमार झालाई ९ हजार ६६९ मत अन्तरले पराजित गर्दै विजयी भएकी हुन् ।

जुलीले ३३ हजार ३५५ मत ल्याएर निर्वाचित हुँदा अनिलले २३ हजार ६८६ मतमा सीमित भए । एमालेले यो क्षेत्रमा एकल प्रतिस्पर्धा गरेको थियो ।

लामो समय पश्चात यो क्षेत्रमा एमाले जितेको छ । जुलीलाई २०७० मा पराजित गरी निधि निर्वाचित भएका थिए । २०७४ मा यो क्षेत्रबाट तत्कालीन राजपा नेपालका नेता राजेन्द्र महतो जितेका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार ०८:०८   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।