Logo

प्रमुख समाचार

सिरहा–२ (१) मधेशका कृषिमन्त्रीलाई हराउँदै जनमत पार्टीका यादव विजयी



जनकपुरधाम । सिरहा २ को प्रदेशसभा क्षेत्र नम्बर १ बाट जनमत पार्टीका सञ्जयकुमार यादव निर्वाचित भएका छन् । मधेश प्रदेशका कृषि तथा सहकारीमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका उम्मेदवार विजयकुमार यादवलाई ६४४ मतान्तरले पराजित गर्दै सञ्जय मधेश प्रदेसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सञ्जयले १२ हजार १७१ मत ल्याउँदा विजयले ११ हजार ५२७ मत प्राप्त गरे । जसपाका कोषाध्यक्ष समेत रहेका विजय मुख्यमन्त्रीको दाबेदार मानिएका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार १२:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।