बुटवल । रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहरासँग गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका बालकृष्ण खाण पछि परेका छन् । पछिल्लो मत परिणाम अनुसार बोहराले २७ हजार ६३१ मत पाएर अग्रता लिँदा सत्ता गठबन्धनका उम्मेदवार खाँणले २७ हजार १५८ मत पाएका छन् ।
करिब १८ हजार मत गन्न बाँकी हुँदा खाँण ४७३ मतले पछि परेका हुन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर तेली चार हजार ८८६ मतसहित तेस्रो स्थानमा छन् भने नागरिक उन्मुक्ति पार्टीका तुल्सीप्रसाद थारु ३२६९ मत पाएका छन् ।




















प्रतिक्रिया