काठमाडौं । प्रतिनिधिसभा तर्फको समानुपातिक मतगणनाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले अग्रस्थानमै छ । निर्वाचन आयोगका अनुसार एमालेले ११ लाख ३८ हजार ५६३ मत पाएको छ । दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले १० लाख ७८ हजार ३३७ मत पाएको छ भने तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५ लाख ३७ हजार ८५६ मत पाएको छ ।
पाँच महिना अघि मात्र स्थापना भएको रास्वपा पहिलो पटक आमनिर्वाचनमा सहभागी भएको हो । छाटो सयमै तेस्रो लोकप्रिय दल बन्न सफल रास्वपाले नेकपा माओवादी केन्द्रलाई नै पछि पारिदिएको छ । ४ लाख ९४ हजार ७४० मतका प्राप्त गरेको माओवादी केन्द्र चौथो स्थानमा रहेको छ ।
यस्तै आयोगले दिएको जानकारी अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २ लाख ८२ हजार ३७१, जनता समाजवादी पार्टी (जसपा)ले १ लाख ३३ हजार १२० मत पाएको छ । एमालेबाट विभक्त भई बनेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले भने समानुपातिकमा एक लाख कटाउन सकेकौ छैन ।
नेकपा एसले अहिलेसम्म ८२ हजार २६१ मत पाएको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीले ८२ हजार ६६, जनमत पार्टीले ८१ हजार ९२०, नेपाल मजदुर किसान पार्टीले ५७ हजार ८१२ र लोकतान्त्रिक समाजवादी पार्टीले ५६ हजार ५७८ मत पाएका छन् । यसबाहेकका अन्य दलहलाई अहिलेसम्म ५० हजार पुर्याउनै हम्मे परेको छ ।




















प्रतिक्रिया